मुक्तिनाथ विकास बैंकको नाफा ४२ करोड ७५ लाख, खराव कर्जा शुन्य

<p>काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ । गत चैतसम्म बैकले ४२ करोड ७५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । यो वर्ष ७ करोड रुपैयाँ नाफा बढेको बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ । गत चैतसम्म बैकले ४२ करोड ७५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ३५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । यो वर्ष ७ करोड रुपैयाँ नाफा बढेको बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम रहको जनाएको छ । निक्षेप लागत बढेर ८.७५, आधार ब्याजदर १२.३१, स्प्रेड दर ६.४९ प्रतिशत छ । यस्तै प्रतिसेयर आम्दानी २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकले समीक्षा अवधिमा निक्षेप परिचालन साढे ६ अर्ब रुपैयाँ बढाएर २४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब १४ करोड रुपैयाँ थियो ।

गत चैतसम्म कर्जा लगानी पनि साढे ६ अर्ब विस्तार भई २१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी १४ अर्ब १७ करोड रुपैयाँ थियो । बैंकको चुक्तापुँजी २ अर्ब ५९ करोड र संचित कोषमा ८० करोड ४६ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Share News