त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन गरिने, जीडीपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने पयर्टनमन्त्रीको घोषणा

<p>काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ [&hellip;]</p>

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताएका हुन् ।

उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्री उडानको व्यवस्था मिलाइने उल्लेख गरे । अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने उनको भनाइ थियो ।

मन्त्री अधिकारीले कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पु¥याउन सरकार र निजी क्षेत्रले प्रभावकारी प्रवद्र्धनात्मक काम अघि बढाइनुपर्नेमा जोड दिए ।

सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलब आठ प्रतिशत रहेको छ । तर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको पछिल्लो विवरणअनुसार ८.२ को योगदान रहेको देखाएको छ ।

मन्त्री अधिकारी हालको पर्यटनको योगदान होटल र रेष्टुरेन्टको मात्र भएको भन्दै पर्यटन क्षेत्रको तथ्यांकलाई पनि सही ढंगले अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए ।

Share News