
काठमाडौं । विदेशी विनिमय र सुनको मूल्यमा भएको घटबढले नेपाल राष्ट्र बैंकले अर्बौ रकम गुमाएको छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले विदेशी मुद्रा र सुन कारोबारमा सामान्य घटबढ हुँदा मात्रै २७ अर्ब ६३ करोड रुपैयाँ गुमाएको हो ।
यसले बैंकको वित्तीय अवस्थामा ठुलो असर गरेको देखिन्छ । महालेखा परिक्षकको कार्यालयका अनुसार अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा २३ अर्ब ७५ करोड र सुनको मूल्यमा ४.०२ प्रतिशत गिरावट आउँदा ३ अर्ब ८८ करोड नोक्सान भएकोे छ ।
विदेशी मुद्रा र सुनको कारोबारमा भएको घटबढले राष्ट्र बैंकले अर्बो रुपैयाँ गुमाएको भन्दै महालेखाले यस्तो क्षति न्युनिकरण गर्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हेजिङ्ग फण्ड उपकरणको प्रयोग गर्न केन्द्रीय बैंकलाई सुझाएको छ । हेजिङ फण्ड उपकरण प्रयोग नगरे आगामी दिनमा थप दायित्व बढ्ने सुझाएको छ ।
यता विदेशी प्रवद्र्धंकसंग अमेरिकी डलरमा बिजुली खरिद (डलर पीपीए) गर्दा नेपाल विद्युत प्राधिकरणलाई अर्बो रुपैयाँ दायित्व थप भएको र आगामी दिनमा यसलाई व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले हेजिङ फण्ड स्थापनको प्रक्रिया अघि बढेको छ । हेजिङमा प्रवद्र्धक र विद्युत प्राधिकरणले जोखिम ब्योहर्ने गरी हेजिङ फण्ड स्थापनाको तयारी भइरहेको छ ।