
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
संस्थाले बैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
यसमध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता आईपीओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । सेयर निष्कासन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ २ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
न्युनतम् ५० र अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।