जनता बैंकको कोहलपुर शाखाबाट कारोवार शुरु

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तारको निरन्तरता सँगै  कोहलपुर शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले आज(वैशाख ३ गते)देखि बाँकेमा रहेको१०८औं शाखाबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ । यस शाखाबाटपनि अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तारको निरन्तरता सँगै  कोहलपुर शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले आज(वैशाख ३ गते)देखि बाँकेमा रहेको१०८औं शाखाबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ ।

यस शाखाबाटपनि अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

यससँगै बैंकको शाखा सञ्जाल १०८ पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Share News