काठमाडौं । सिंहदरबारमा आइतबार अनुगमन सम्बन्धि जानकारी गराउने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पत्रकार क्षेत्रमा पनि भ्रष्ट र तस्करहरुको लगानी रहेको भन्दै विगतदेखिनै त्यसको बिरुद्धमा रहेको बताए । उनले सो क्षेत्रको समेत अनुगमन गर्ने जानकारी दिए ।
पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरु रहेकोप्रति आफु जनाकार रहेको उनको भनाइ छ । ‘पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरुको पनि लगानी छ,’ उनले भने ‘त्यसको बिरुद्धमा म छु, उनीहरुकोप्रति पनि मेरो अनुगमन हुन्छ ।’