नायब सुब्बा कमल भुजेललाई २८ हजार बिगो माग गर्दै अख्तियारले हाल्यो अदालतमा मद्दा

<p>काठमाडौं । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरमा कार्यरत नायव सुब्बा कमल भुजेल भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् । भुजेल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १० हजार पैसा लिदाँलिदै पक्राउ परेका हुन् । आयोगको टङ्गालबाट खटिइ गएको टोलीले उनलाई पक्राउ गरेको हो । सुब्बा भुजेललाई अनुसन्धान [&hellip;]</p>

काठमाडौं । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरमा कार्यरत नायव सुब्बा कमल भुजेल भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।

भुजेल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १० हजार पैसा लिदाँलिदै पक्राउ परेका हुन् । आयोगको टङ्गालबाट खटिइ गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सुब्बा भुजेललाई अनुसन्धान गर्ने क्रमममा अन्य सेवाग्राहीहरुसँग पनि जग्गाको फिल्ड निरीक्षण गरेबापत पैसा लिएको अनुसन्धानबाट प्रमाणित भएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम कसुर गरेको देखिन आएकोले उनलाई बिगो रु २८ हजार कायम गरी जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Share News