८ महिनामा व्यक्तिले बैंकमा जम्मा गरे ११८ अर्ब, व्यक्तिगत वचत बढेर पुग्यो १४ खर्ब

<p>काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा व्यक्तिगत निक्षेप ९.३ प्रतिशत बढेको छ । गत फागुनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिले १ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ बैंकमा राखेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढेर १३ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैंकले संकलन गरेको कुल [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा व्यक्तिगत निक्षेप ९.३ प्रतिशत बढेको छ । गत फागुनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिले १ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ बैंकमा राखेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढेर १३ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैंकले संकलन गरेको कुल रकमको ५६ प्रतिशत बढी व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थागत र व्यक्तिगत गरी कुल २५ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ रहेको छ । बाँकी ४४ प्रतिशत निक्षेप स्थानीय सरकार, बीमा कम्पनी, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सरकारी र गैरसरकारी संस्थाको रहेको छ ।

Share News