सेयर, सवारीसाधन र रियलस्टेटमा बैंकको लगानी घट्यो, अटोलोन ३०० प्रतिशत गिरावट

<p>काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाले दिने सेयर (मार्जिन नेचर लोन) र सवारी साधन (अटोलोन) र रियलस्टेटमा कर्जा लगानी घटेको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै [&hellip;]</p>

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाले दिने सेयर (मार्जिन नेचर लोन) र सवारी साधन (अटोलोन) र रियलस्टेटमा कर्जा लगानी घटेको छ ।

गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो ।

चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा सेयर कर्जा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाले हालसम्म ४२ अर्ब ४६ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।

यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ ।लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ ।

यस्तै अटोलोनमा ३०० प्रतिशत गिरावट आएको छ । चालु आवको फागुनमा अटोलोन ८.८ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३४.८ प्रतिशत थियो । गत फागुनसम्म बैंकले १३ अर्ब १४ करोड ७५ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको फागुनमा ३८ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । हालसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६२ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस्तै रियलस्टेट क्षेत्रमा हुने कर्जा प्रवाह ४० प्रतिशत भन्द बढीले कमी आएको छ । चालु आवको फागुनसम्म ९.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.७ प्रतिशत बढेको थियो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब रुपैयाँ लगानी भएको थियो । हालसम्म यो क्षेत्रमा १ खर्ब ३७ करोड ५३ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

Share News