ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा कालिकोटको रास्कोट र पोखराको लेखनाथमा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं. ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं. १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ । ग्लोबल [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं. ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं. १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उक्त स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२२ वटा शाखा, १२८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको जनाइएकाे छ ।

Share News