
काठमाडौं । सरकारले उपभोत्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) उद्योगलाई छुट दिएको छ ।
१ वर्षमा सरकारले घिउतेल र मोवाइलमा ३ अर्ब ३२ करोड ५५ लाख बराबरको मूल्य अभिवृद्धि करको छुट गरेको छ ।
सरकारले घिउ तेल, मोबाइल र कुटनितिक नियोगलाई गरी सो रकमको कर छुट दिइएको हो । सबैभन्दा धेरै कर छुट घिउ तेलमा २ अर्ब ४२ करोड रुपैयाँ छुट दिएको छ भने मोबाइलमा ८९ करोड २७ लाख छुट दिएको छ । त्यसैगरी कुटनितिक नियोगलाई ८१ लाख मूल्य अभिवृद्धि कर छुट दिएको छ ।
महालेखा परिक्षकको अनुसार हाल इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नब्बर लिनुपर्ने अवस्थामा पनि मोबाइलको मूल्य अभिवृद्धि कर फिर्ता दिने विषयमा पुनरावलोकन गर्नुपर्ने जनाएको छ ।