नक्शा मिलाइदिने भन्दै ५० हजार लिने अधिकृत श्यामबाबु शाह सरकारी निवासबाटै समातिए

<p>काठमाडौं । नापी कार्यालय, उदयपुरका प्रमुख नापी अधिकृत श्यामबाबु प्रसाद साह भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उदयपुर जिल्ला गाईघाटस्थित रहेको जग्गाको नक्शा सुधार संसोधन गरिदिने भन्दै घुस रकम माग गरिरहेको अवथामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाइ पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार शाह पचास हजार घुस सहित पक्राउ परेका हुन् [&hellip;]</p>

काठमाडौं । नापी कार्यालय, उदयपुरका प्रमुख नापी अधिकृत श्यामबाबु प्रसाद साह भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् ।

उदयपुर जिल्ला गाईघाटस्थित रहेको जग्गाको नक्शा सुधार संसोधन गरिदिने भन्दै घुस रकम माग गरिरहेको अवथामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाइ पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार शाह पचास हजार घुस सहित पक्राउ परेका हुन् । उनलाई नापी कार्यालय उदयपुरको सरकारी निवासवाटै नियन्त्रणमा लिइएको हो ।

शाहमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Share News