२०७५ वैशाख १ गतेदेखि फेसबुक बन्द गर्ने निर्णय नेपाल सरकारले गरेको जनाइएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको नाममा जारी गरिएको उक्त सूचनामा नेपाल सरकारको लोगो र छाप प्रयोग भएको छ ।
तर उक्त विज्ञप्तिमा सञ्चारमन्त्री माधव पौडेलको नाम राखिएको र उनको हस्ताक्षर प्रयोग भएको छ ।
सूचनामा भनिएको छ ‘सम्पूर्ण सर्वसाधारण जनताप्रति नेपाल सरकार यो अवगत गराउन चाहन्छ कि यहि आउदो वर्ष २०७५बाट सामाजिक सञ्जल फेसबुक पुर्ण रुपमा बन्द गरिनेछ । फेसबुकमार्फत राजनैतिक नेताप्रति गरिएको अभद्र र आपत्तिजनक फोटोहरु पोष्ट गरिएको हुनाले नेपाल सरकार सामाजिक सञ्जाल फेसबुक बन्द गर्न बाध्य भएको जानकारी गर्दछ ।’
उक्त विज्ञप्तिमा लेखिएको माधव पौडेल पूर्व सूचना तथा सञ्चारमन्त्री हुन् । विज्ञप्ति पूर्ण रुपमा नक्कली भएको देखिन्छ । विज्ञप्ति गएको शनिबार (चैत २४, २०७४) जारी भएको हो ।
हालको मन्त्रिपरिषदमा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद वास्कोटा छन्, मन्त्री छैनन् ।
सरकारको नाममा जारी गरिएको सो नक्कली सूचना सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।