काठमाडौं । सनराइज बैंक लिमिटेडको पौष ३ गते सम्पन्न दशौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशतका दरले हुने १ करोड ६ लाख ३३ हजार ७६८ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको चैत २८ गतेको निर्णयानुसार सूचिकरण भएको छ ।
उक्त बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड भन्दा बढी भएको बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पुर्याउन निर्देशन भए अनुसार बैंकले गत आब २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको समय सिमा भित्र तोके बमोजिमको चुक्ता पूँजी पुर्याउन सक्षम भएको बताएको छ ।