काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङ आज छेडिएको छ । विसं २०५५ सालदेखि सुरु गरिएको आयोजनाको करिब १८ वर्ष पछि सुरुङ काठमाडौंसम्म छिचलिएकाे हो ।

मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल झरेको १५ दिनमै चाबहिलवासीले पिउन पाउने भएका छन् । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार ४ वर्ष अघि विछ्इएको पाइप सफा गर्न समय लाग्ने भएकाले सुन्दरीजलमा पानी झरेको १५ दिनमै चावेलवासीले सबैभन्दा छिटो खानेपानी प्राप्त गर्नेछन् ।
सुन्दरीजलदेखि मंकालसम्म पानी आइपुग्न २ घण्टा लाग्नेछ । पाइप धेरै अघि बिछ्याइएकोले केमिकल प्रयोग गरी सफा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
आयोजनाको खानेपानीको अन्तिम बिन्दुमा पुग्न पानी सुन्दरीजल आइपुगेको करिब ६ महिना लाग्नेछ । आयोजनाले अहिले खानेपानी पाइप वितरणको ९० प्रतिशत काम सकिसकेको छ ।
आायोजनाले पानी पशोधनको लागि सुन्दरीलमा दैनिक साढे ८ करोड लिटर पानी प्रशोधनको सफल परिक्षण गरिसकेको छ । समान क्षमताको अर्को पानी प्रशोधन टीसीपीएल प्रतिभा जेभी कम्पनीले निर्माण कार्य २५ प्रतिशत सम्पन्न गरेको छ । यस केन्द्रको आगामी वर्षको असारसम्ममा सक्ने लक्ष्य लिइएको छ ।