सिण्डिकेट नहटाउन यातायात व्यवसायीको दवाव, हटाए घुँडा टेकाउने सरकारलाई चेतावनी

<p>काठमाडौं । यातायात व्यवासायीले सिण्डिकेट हटाउने सरकारको निर्णयको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार सम्पन्न परिषद भेलाले सरकारले सिण्डिकेट हटाउन ल्याएको नयाँ व्यवस्था खारेजको माग गरेको छ । यातायात व्यवस्था विभागले ल्याएको कार्यविधि खारेज नगरे हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । कार्यविधि खारेज [&hellip;]</p>

काठमाडौं । यातायात व्यवासायीले सिण्डिकेट हटाउने सरकारको निर्णयको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार सम्पन्न परिषद भेलाले सरकारले सिण्डिकेट हटाउन ल्याएको नयाँ व्यवस्था खारेजको माग गरेको छ ।

यातायात व्यवस्था विभागले ल्याएको कार्यविधि खारेज नगरे हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । कार्यविधि खारेज गर्नका लागि दवाव दिन प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायत सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनले बताए। यति गर्दा पनि माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने निर्णय भएको उनले जानकारी दिए ।

महासंघको परिषद बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको उनले बताए । माग पुरा नभए हड्तालदेखि नेपाल बन्दसम्म गर्न सक्ने उनको भनाई छ ।

विभागले गत १८ गते यातायात व्यवस्था सम्बन्धि कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । विभागले परमिट खुला गर्न देशभरीका यातायात कार्यालयलाई निर्देशन दिइसकेको छ । सरकारले यातायात सिण्डिकेट हटिसकेको जानकारी गराएको छ । महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । आक्रोसित व्यवसायीहरुले भेला गरेर आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने रणनीति बनाएका छन् ।

मयुर यातायातलाई सञ्चालन अनुमति दिएको विरुद्धमा कोटेश्वरपुर्वका यातायात व्यवसायी आन्दोलित भएका थिए । विभागले वस सञ्चालन नगर्ने र अवरोध गर्नेको रुट इजाजत खारेज गर्ने चेतावनी दिएपछि यातायात सञ्चालनमा ल्याएका छन् । कानूनले सिण्डिकेटलाई बर्जित गरेपनि व्यवसायीले समितिका नाममा अघोषित रुपमा आलोपालो सवारी सञ्चालन गरिरहेका छन् ।

Share News