एनएमबि बैंकद्वारा बर्लादहका १२३ किसानलाई साढे ८ लाखको तरकारीको विउ प्रदान

<p>काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमौसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई ती विउ प्रदान गरेको हो । [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमौसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई ती विउ प्रदान गरेको हो ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसिआईएमओडि) र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यवसायीक तरकारी खेतीका लागि उक्त सहयोग बैंककोतर्फबाट सानो पहल भएको जानकारी गराएको छ ।

 

Share News