काठमाडौं । प्रमुख प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसले भारतको राजकिय भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओलीले गरेको सम्पूर्ण सम्झौताको स्वागत गरेको छ ।

सोमबार राजधानीस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीको प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले भारतमा रेल, पानीजहास सम्बन्धि गरेको सम्झौताको काग्रेसले स्वागत गरेको बताए । ‘हामीले भारतमा प्रधानमन्त्री र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसंग भएको रेल, पानीजहाज लगायत सम्झौताको स्वागत गरेका छाै,’ उनले भने ।
उक्त सम्झौतालाई कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्ने कांग्रेसले जोड दिएको उनकाे भनाइ छ । कार्यक्रमको अवसरमा कांग्रेसका उच्च स्तरिय नेताहरुले मुलुकमा वैदेशीक लगानी भित्र्याउन पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत्त लगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओली र समककक्षी मोदीले वीरगञ्जदेखि राजधानीसम्म रेलमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो । त्यसलार्इ भारतले सहयोग गर्ने भएको छ ।
यसैबीच नेपालले सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले प्रारम्भिक छानैटमा पेरका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राविधिक प्रस्ताव छान्ने क्रममा रहेको छ । तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइसकिएको छ ।
त्यस्तै बंगालबाट नेपालसम्म पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा शनिबार नै नेपालकातर्फबाट प्रधानमन्त्री ओली र भारतकातर्फबाट प्रधानमन्त्री माेदीबीच सम्झौता भएकाे थियो । त्यसको लागि पनि भारतले सहयोग गर्ने भएको छ । सम्झौता अनुसार नेपलाको कोशीनदीसम्म जहाज चल्ने भएकाे छ । कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेका आयात–निर्यात व्यापार जहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ जनाइएकाे छ ।