काठमाडौं । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ ।
विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी भएको होटलका वरिष्ठ प्रवन्धक राजेश मुन्द्राले बताए । उनकाअनुसार होटल १० तले हुनेछ । यो विराटनगरमा ठुलो लगानीमा निर्माण सुरु भएको पहिलो होटल हो ।
भृकुटी चोकमा रहेको ७८ हजार ११७ वर्ग फिट क्षेत्रफलमा ४ वटा ब्लकनिर्माण हुनेछन् । होटल परिसरमा मुख्य होटल, सपिंग मल, रेष्टुरेन्ट, पौडी पोखरी, सभा कक्षा, ब्याङकेट हल तथा क्यासिनो, बालक्रिडा स्थल र एम्पी थिएटर लगायतका सेवा सुविधाहरु निर्माण गरिनेछन् ।
अहिले होटलको वातावरणिय प्रभावमूल्याङकनको काम भैरहेको मुद्राले जानकारी दिए । यसको लागि आजको १५ दिनसम्ममा प्रालीलाई राय सुझाव दिन सक्नेछन् ।