कारोबारको ४ दिनमै सेयर बजार १०१ अंक वृद्धि, आज कति बढ्ला ?

<p>काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि अघिल्लो सातादेखि सेयर बजारमा उछाल आएको छ ।  बजार अब उकालो लाग्ने संकेत देखिएको छ । गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ [&hellip;]</p>

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि अघिल्लो सातादेखि सेयर बजारमा उछाल आएको छ ।  बजार अब उकालो लाग्ने संकेत देखिएको छ ।

गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ । आइतबार ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही महिनायताको यो सबैभन्दा बढी सेयर कारोबार हो । डेढ वर्षअघि बजार बढेर १ हजार ८८१ अंकमा पुगेको थियो ।

बजारले गति लिन थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो ।

सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ । सेयर बजार घटेर एउटा सीमामा पुगेपछि पुनः बढ्ने लगानीकर्ताको भनाई छ ।

 

Share News