सनराइज बैंकले रौतहट र जुम्लामा थप दुई शाखा खोल्यो

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्नो दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ । दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यसैगरि गुठीचौर गाउँपालिकामा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उद्घाटन [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्नो दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

त्यसैगरि गुठीचौर गाउँपालिकामा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वरा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको जनाइएको छ ।

Share News