लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिए, यस्तो छ कारण

<p>काठमाडौं । सेयर बजार बढेपछि लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिएका छन् । आइतबार सबैभन्दा बढी नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९९ मा ३ करोड १४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पछिल्लो केही सातायता नविल बैंकको सेयर बढी किनबेच भइरहेको छ । आइतबार मात्रै नविलको सेयर प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । सेयर बजार बढेपछि लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिएका छन् । आइतबार सबैभन्दा बढी नविल बैंकको कारोबार भएको छ ।

नविलको प्रतिकित्ता ९९९ मा ३ करोड १४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पछिल्लो केही सातायता नविल बैंकको सेयर बढी किनबेच भइरहेको छ ।

आइतबार मात्रै नविलको सेयर प्रतिकित्ता २९ रुपैयाँ बढेको छ । गत बिहीबार बैंकको सेयर मूल्य ९७० रुपैयाँ थियो । कारोबार रकम बढेसंग सेयर मूल्य पनि वृद्धि भएको हो ।

वित्तीय अवस्था मजवुत भएको र लगातार राम्रो प्रतिफल दिदै आएकोले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने अनुमानका आधारमा नविलको सेयर कारोबार बढेको हो ।

नविलको सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा बढ्ने अनुमान गर्दै लगानीकर्ताले होल्ड गरेका हुन् । नविलको सेयर मूल्य बढ्नुमा राम्रो प्रतिफल र सस्तो सेयर मूल्य मुल कारण भएको लगानीकर्ताको भनाई छ ।
नविलपछि प्रभु इन्स्योरेन्स कम्पनी लिमिटडको कारोबार बढी भएको छ ।

प्रभुको प्रतिकित्ता ६५२ रुपैयाँमा २ करोड ६६ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । प्रभुले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदनपछि सेयर किन्नेको संख्या बढेको हो कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यस्तै एभरेष्ट बैंकको प्रतिकित्ता ८०७ रुपैयाँमा सेयर सेयर किनबेच भएको छ । आइतबार एभरेष्टको २ करोड ४३ लाख १५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

Share News