काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक काले बम्जन लामा २५ हजार घुस काण्डमा तानिएका छन् ।
यसअघि पक्राउ परेका जवान ठाकुर खत्री र नवीन खड्काले बयानको क्रममा लामा पनि संलग्न रहेको बताएपछि लामा पक्राउ परेका हुन् ।
अख्तियारका प्रवत्तला दीर्घराज मैनालीका अनुसार भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा दुई जवानलाई चैत १२ गते २५ हजार घुस सहित पक्राउ गरिएको थियो ।
सो काण्डमा कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक काले बम्जन लामा समेतको प्रत्यक्ष संलग्नता देखिएकोले निजलाई मिति पक्राउ गरी विशेष अदालत काठमाडौंबाट म्याद थप लिइ अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।