काठमाडौं । भारतको सहयोगमा वीरगञ्जदेखि काठमाडौंसम्म रेल आउने भएको छ ।
वीरगञ्जदेखि राजधानीसम्म रेलमार्ग निर्माण दुबै मुलुकबीच सम्झौता भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।
संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले वीरगञ्जदेखि काठमाडौंसम्म सञ्चालन गर्ने विषयमा दुई देशबीच सम्झौता भएको जानकारी गराएका हुन् ।
नेपालमा लोकतन्त्रमा लोकतन्त्रको अवस्था निकै बलियो रहेको बताउँदै ओलीले नेपालको विकास साथसाथै नेपाली जनतालाई खुशि राक्ने बताए ।
नेपालको सहयोगको लागि भारत सधै तत्पर रहेको छ । काठमाडौंदेखि नयाँ दिल्ली जोड्ने रेलमार्ग निर्माण अब भारतले गर्नेछ । नेपाल र भारत दुबै कृषि प्रदान देश भएको र दुबै देशको सांकृतिक आदान प्रदान हुनुपर्ने हो मा जोड दिए । दुबै देशबिचको रक्षा र सुरक्षा नजिक रहेकोले खुल्ला सिमानाबाट दुबै देशले फाइदा लिन सक्ने बताए ।
नेपालले सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका छान्ने क्रममा रहेको छ ।
रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ ।
विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं –वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।