अर्थमन्त्रीको स्वेतपत्र झुटको पुलिन्दा–शेरबहादुर देउवा

<p>काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीन चौथाइ समय सरकारमा बसेका कम्युष्टिहरुले नै सञ्चालन गरेको र मुलुकको वेथितिको मुख्य जिम्मेवार उनीहरुनै भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको उनले बताए । ‘पछिल्लो एक दशकका [&hellip;]</p>

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीन चौथाइ समय सरकारमा बसेका कम्युष्टिहरुले नै सञ्चालन गरेको र मुलुकको वेथितिको मुख्य जिम्मेवार उनीहरुनै भएको आरोप लगाएका छन् ।

शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको उनले बताए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘मुलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् ।

देउवाले यसअघि कांग्रेस सभापति सुशीलकोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले उक्त संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताएका थिए ।

देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकरात्मक हुदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने गरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको आरोप लगाएका छन् । ‘लामो समयपछि अघिल्लो बर्ष आर्थिक बृद्धिदर सात प्रतिशत पुगेको थियो,’ उनले भने । यो वर्ष पनि आर्थिक बृद्धिदर करिब ६ प्रतिशत छ भने कसरी अर्थतन्त्र धरासायी भयो उनले प्रश्न गरे ।

देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रीती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या १० लाख पुगेको, राष्ट्रिय ढुकुकटीमा १० अर्ब डलर बराबर संचिति रहेको र २ सय ५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा कसरी ढुकुटी रित्तो भयाे भन्दै उक्त अर्थमन्त्रीकाे भनाइ गैरजिम्मेवारपूर्ण रहेको सभापति देउवाकाे तर्क छ।

Share News