काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसी सहर बजारमा नयाँ शाखा उद्घाटन गरि सञ्चालनमा ल्याएको छ । शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायतका सेवा प्रदान गर्ने बताएको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने उद्देश्यले वेंसी सहरमा शाखा खोलेको जनाएको छ । शाखाको उद्घाटन लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा गरेको बैंकको भनाइ छ ।
बैंकको जारी पूँजी रु ७५ अर्ब ४१ करोड रहेको छ । संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड गरेको भने जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको जानकारी दिएको छ ।