२०७५ सालमा बैंकलाई ३६ दिन सार्वजनिक बिदा, यस्तो छ बैंक बिदाको विवरण

<p>काठमाडौं । २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार जात धर्म लिङ्गलाई आधार मानेर सार्वजनिक बिदा निर्धारण गरेको हो । राष्ट्र बैंकले बिदालाई दुई भागमा वर्गिकरण गरेको छ । जसअनुसार पुरै दिन हुने बिदालाई &#8216;क&#8217; वर्गमा राखेको छ भने आदी दिन हुने बिदालाई &#8216;ख&#8217; वर्गमा राखेको छ [&hellip;]</p>

काठमाडौं । २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार जात धर्म लिङ्गलाई आधार मानेर सार्वजनिक बिदा निर्धारण गरेको हो ।

राष्ट्र बैंकले बिदालाई दुई भागमा वर्गिकरण गरेको छ । जसअनुसार पुरै दिन हुने बिदालाई ‘क’ वर्गमा राखेको छ भने आदी दिन हुने बिदालाई ‘ख’ वर्गमा राखेको छ ।

‘ख’ वर्गको बिदामा बैंक बिहान १० बजेदखि ३ बजेसम्म खुल्नेछ । बैंकहरुलाई अब दशैमा ५ दिन मात्रै बिदा हुनेछ भने तिहारमा ३ दिन बिदा हुनेछ ।

०७५ सालमा बैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय खुल्ने छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंक खुल्नेछ ।

थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

Share News