दिगो शहरी यातायातले जेठदेखि राजधानीमा ठूला बस चलाउने, सबै बस यूराे ४ मापदण्डको हुने

<p>काठमाडौं । दिगो शहरी यातायातले नयाँ वर्षकाे अवसर पारेर बैशाख १ गतेबाट सुरु गर्ने भनिएको ठूला बस सेवा सञ्चालन केहि ढिलो हुने भएको छ । बस निर्माणको जिम्मा दिएको कम्पनीले यूरो ४ को मापदण्डको मात्र बस निर्माण गर्ने भएपछि बस आउन ढिला हुने भएको हो । यातायातले युरो ३ मापदण्डको बस सिप्रदी ट्रेडिङ कम्पनीसँग अर्डर [&hellip;]</p>

काठमाडौं । दिगो शहरी यातायातले नयाँ वर्षकाे अवसर पारेर बैशाख १ गतेबाट सुरु गर्ने भनिएको ठूला बस सेवा सञ्चालन केहि ढिलो हुने भएको छ । बस निर्माणको जिम्मा दिएको कम्पनीले यूरो ४ को मापदण्डको मात्र बस निर्माण गर्ने भएपछि बस आउन ढिला हुने भएको हो ।

यातायातले युरो ३ मापदण्डको बस सिप्रदी ट्रेडिङ कम्पनीसँग अर्डर गरेको थियो तर कम्पनीलाई युरो ४ को मापदण्ड मात्र बिक्री गर्न पाउने भएपछि बस आउन केहि ढिला भएको शहरी यातायातका प्रमुख लालप्रसाद गुराँगाईले बताए ।

‘हामी बैशाख १ गतेबाट बस सञ्चालनमा ल्याउने गरी काम गरिरहेका थियौं, जस अनुसार चैत १७ गते बस काठमाडौं आइपुग्नु पर्ने थियो तर कम्पनीले युरो ४ को मापदण्डको कारण देखाउँदै बैशाखको अन्तिममा मात्रै बस उपलब्ध गराउने भनेपछि तोकिएको मितीमा बस सञ्चालन गर्न सकेनौं,’ गुरागाँईले विकासन्युजसँग भने ।

अब दिगो सहरीको युरो ४ मापदण्डको १७ बस बैशाख अन्तिम साता मात्रै काठमाडौं आइपुग्नेछ । यातायातको अनुसार अहिले बस पाकिङ गर्ने डिपो निर्माण भैरहेको छ । बसको लागि आवश्वस्यक पर्ने चालक र सहचालकको पनि व्यवस्था भैरहेको छ ।

बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ ।

प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ ।

बसमा यस्तो सुविधा हुनेछ

५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् ।

बस गुड्ने रुट

५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ ।

पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् ।

विवाद मिलिसक्यो

सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ ।

यस्तो छ प्रालिले पहिचान गरेको रुट

एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ ।

६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।

Share News