सस्तो कर्जा चाहियो ? जानुस स्ट्याण्डर्ड चाटर्ड बैंक, न्युनतम् ८.३ देखि बढीमा ११.८ प्रतिशतमा पाइन्छ

<p>काठमाडौं । महंगो कर्जाका कारण आफुले सोचेको व्यवसाय सञ्चालन गर्न समस्या परेको छ ? महंगो कर्जाका कारण काम नयाँ व्यवसाय सुरु गर्न अलमलमा परिरहनु भएको छ ? सस्तो कर्जा दिने बैंक खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यवसाय गर्न सस्तोमा कर्जा दिने भएको छ । बैंकले बिहीबारदेखि न्युनतम ८.३ देखि ११ं.८ [&hellip;]</p>

काठमाडौं । महंगो कर्जाका कारण आफुले सोचेको व्यवसाय सञ्चालन गर्न समस्या परेको छ ? महंगो कर्जाका कारण काम नयाँ व्यवसाय सुरु गर्न अलमलमा परिरहनु भएको छ ? सस्तो कर्जा दिने बैंक खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यवसाय गर्न सस्तोमा कर्जा दिने भएको छ ।

बैंकले बिहीबारदेखि न्युनतम ८.३ देखि ११ं.८ प्रतिशत ब्याजमा कर्जा दिने भएको छ । आधार ब्याजदर ५.८ मा प्रिमियम जोडेर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर योजना सार्वजनिक गर्दै सस्तोमा कर्जा दिने जानकारी दिएको छ । स्ट्याण्डर्ड चाटर्डले ल्याएको ब्याजदर सबैभन्दा सस्तो हो । हाल बजारमा ब्याजदर बढेर १४ प्रतिशत नाघेको छ ।

अधिकाँश बैंकको कर्जाको आधार ब्याजदर बढेर १० प्रतिशत माथि रहेको अवस्थामा स्ट्याण्डर्ड चाटर्डले सस्तो ब्याजमा कर्जा दिने भएको छ । बैंकले बिहीबारदेखि सवारीसाधन कर्जा (अटोलोन) न्युनतम् ८.८ देखि ११.८ प्रतिशत ब्याजमा दिनेछ । अटोलोनमा ५.८ प्रतिशत आधारदरमा प्रिमियम न्युनतम ३ देखि ६ प्रतिशत जोडेको छ ।

यसैगरी आवास कर्जा (होमलोन) न्युनतम् ८.३ देखि ११.३ प्रतिशतसम्म दिने छ । होमलोनमा पनि ५.८ प्रतिशत न्युनतम साढे २ प्रतिशतदेखि साढे ५ प्रतिशतसम्म प्रिमिय जोडेर ब्याज लिने जानकारी दिएको छ । घर बनाउन र सवारीसाधन किन्नलाई ११.८ प्रतिशत भन्दा बढी ब्याज तिर्नुपर्दैन । ओभर ड्राफट, आयात, टर्म लोन पनि ९.३ देखि अधिकतम् १२.३ प्रतिशतमा पाइने बैंकले जानकारी दिएको छ ।

बैंकको आधार ब्याजदर ( वेसरेट) सबैभन्दा सस्तो ५.८ प्रतिशत मात्र भएपछि कर्जा सस्तो भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर १० प्रतिशत छ । नेपाल इन्भेष्टेमेन्ट, नविललगायत केही बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा तल छ । यस्तै बैंकले लिने निक्षेपको ब्याजदर कम भएपछि कर्जाको ब्याजदर सस्तीएको हो ।

Share News