काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।
नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने जनाइएको छ । निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।
नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा नयाँ ‘एआरओ’का प्रबन्ध निर्देशक धनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताएका थिए । उक्त नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिने बताइएको छ ।
एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । नेपालमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।