काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको छ ।
नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली युवामाझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवी अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरु पनि समाहित गरेर कम्पनीले उक्त स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीका अनुसार अप्रिलभित्रै फोन सार्वजनिक गरिनेछ ।
सार्वजनिक हुन लागेको स्मार्टफोनमा २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छायाँ परेको स्थान दुबै अवस्थामा चहकिलो तस्विर सम्प्रेषण गर्न सकिनेछ ।
सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग हुने कम्पनीको भनाइ छ ।
यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्स समेत उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने कम्पनीको दावी छ ।