काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी र चल अचल सम्पती हस्तानतरण गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिएका छन् । स्थानीय तहको सेवा प्रभाहलाई छिटो छरितो बनाउन कर्मचारी र स्रोत साधनको व्यवस्था गर्नलाई मन्त्रालयले सबै पक्षलाई निर्देशन दिएका हुन् ।
स्थानीय तहको सेवा प्रवाहमा जनशक्तिको कमि भएको जन गुनासो बढेपछि मन्त्रालयले तुरुन्त कर्मचारी खटाउन मन्त्रालयले बुधबार निर्देशन दिएको छ । स्थानीय तह सुचारु भएको १ वर्ष भैसकेपनि अधिकार तहले नपाउदा कार्यसम्पादनमा ढिलाई भैरहेको छ ।
अझै पनि जिल्ला समन्वय समितिले स्थानीय तहलाई आर्थिक तथा अचल सम्पती स्गथानीय तहलाई प्रदान गरेका छैनन । अब समन्वय समितीले सेवा प्रभाह सम्बन्धी व्यवस्था २०७४ अनुसार स्थानीय तहलाई स्रोत तथा साधनको प्रदान गर्नु पर्नेछ ।
जस अनुसार कार्यलयमा रहेको चल अचल सम्पती, बजेट तथा कार्यक्रम सम्बद्ध स्थानीय तहमा स्थानान्तरण लागि तदारुकताका साथ सम्पन्न गर्न सबै जिल्ला समन्वय समितीलाई आग्रह गरेको छ । साथै स्थानीथ तहलाई आवस्यक पर्ने प्राविधिक जनशक्ति करारमा लिएर काम अघि बढाउन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
यसैगरी मन्त्री पण्डितले स्वेच्छिक अवकास लिएर बसेका करिब ९५०० कर्मचारीलाई काममा फर्काउकाने तयारी गरेका छन् । स्वेच्छिक अवकासबाट राज्यले तत्कालिन ३० अर्ब खर्च हुने र स्थानीय तहमा कर्मचारी अभाव हने भएकोले उनीहरुलाई काममा फर्काउन लागिएको मन्त्रालयले जनाएको छ ।