ड्याट्सनको नयाँ वर्ष अभियान, गाडी खरिदमा ग्राहकलाई साढे ४ लाखसम्म फाइदा

<p>काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ । योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने [&hellip;]</p>

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ । योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने छन् । त्यस्तै लायल्टी बोनस, निःशुल्क गाडीका एक्सोसरिज लगायतको व्यवस्था गरेको छ ।

त्यस्तै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ र सडक करको सुबिधा लगायत गाडी खरिदकर्ताले प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा फाइनान्सको पनि सुबिधा दिने जनाएको छ ।

कम्पनीको अनुसार ग्राहकले ड्याट्सनका रेडि गोमा बढीमा ३ लाख ७ हजार, गोमा बढीमा ४ लाख ५ हजार र गो प्लसमा अधिकतम ४ लाख ५७ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् ।

गाडीको विशेषतामा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि तथा कम मूल्य लगायत रहेका छन् ।

Share News