सेयरधितो कर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको माग

<p>काठमाडौं । सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउन माग गरेका छन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर लगानीकर्ताले सेयर बजार सुधारका लागि चार बुँदे माग पेश गरेका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलले गभर्नर नेपाललाई भेटगरी वर्तमान अवस्थाका बारेमा जानकारी गराएको [&hellip;]</p>

काठमाडौं । सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउन माग गरेका छन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर लगानीकर्ताले सेयर बजार सुधारका लागि चार बुँदे माग पेश गरेका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलले गभर्नर नेपाललाई भेटगरी वर्तमान अवस्थाका बारेमा जानकारी गराएको थियो ।

बजार निरन्तर घट्ने क्रममा रहेको र सेयरमूल्य न्यून विन्दुमा भएको हुँदा वर्तमान समयमा लगानीकर्ता चरम मारमा परेपछि सुधारका लागि गभर्नरलाई माग पेश गरिएको जानकारी गराइएको छ ।

हाल दिदै आएको सेयर धितोकर्जाको सीमा ८० प्रतिशत, पूँजीगत जोखिमको भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्नुपर्ने, प्रत्येक स्थानीय तहमा पहँुच पुग्नेगरी वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितो कर्जा प्रवाह गर्दाका बखतमा आएको हकप्रद सेयर तथा बोनस सेयरलाई समेत धितोमा समावेश गर्ने व्यवस्था गर्न माग गरेको छ ।

गभर्नर डा. नेपालले सेयर बजार निरन्तर घटेकोप्रति राष्ट्र बैंक चिन्तित रहेको उल्लेख गर्दे समस्या समाधानका लागि छलफल गरिने आश्वासन दिएका थिए । बैंकमा निक्षेप बढिरहेकाले तरलताको अवस्था सहज हुँदै गएकाले भन्दै गभर्नरले लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।

 

Share News