काठमाडौं । काठमाडौंदेखि धुलीखेलसम्मको रुटमा ४ यातायात व्यवसायी संघले २० वटा बस सञ्चालनमा ल्याएका छन् । साझा यातायात, सिटी यातायता, मेट्रो याताया र अन्नपुर्ण यातायातले सो रुटमा २० वटा बस सञ्चालनमा ल्याएका हुन् ।
सो रुटमा आजै ४ यातायात व्यवसायीले दर्ता गरी सेवा सरु गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए । आजै दर्ता भई ४ यतायात व्यवसायीको २० ठुला बस सञ्चालनमा आइसकेका छन्, बाँकी व्यवसायी आउने प्रक्रियामा छन्, लामो समयसम पुराना व्यवसायीले सेवा सञ्चालन नगरे दर्ता खारेजीको प्रक्रियामा जान्छौं,’ उनले विकास न्युजसँग भने ।
विभागले सिन्डिकेटको अन्त्य गर्दै नयाँ निर्देशिका तथा मापदण्ड जारी गरेपछि पहिले दर्ता भएका ११ यातायात व्यवसायी संघ आन्दोलनमा उत्रिएका छन् । विभागले मयुर यातायातलाई अनुमती दिएपछि व्यवसायी र विभागबीच विवाद बढेको थियो ।
नयाँ यातायात व्यवसायीलाई सुरक्षाको व्यवस्था मिलाइएको विभागले जनाएको छ । रुट र मानिसको चाप हेरी नयाँ यातायात व्यवसायीलाई सञ्चालनका लागि अनुमती दिने विभागले तयारी गरेको छ ।
नयाँ व्यवसायी दर्ता हुन बसको संख्या र चल्ने रुट खुलाई विमागमा निवेदन दिनुपर्नेछ । सञ्चाल आजैबाट सरु भएको नयाँ यातायात व्यवसायी दर्ता प्रक्रियामा ४ वटा व्यवसायीले दर्ता गरेका हुन् ।