कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा रक्तदान

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेको बताइएको छ । सोही उपलक्ष्यमा बैंकले साताव्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु आयोजना [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेको बताइएको छ ।

सोही उपलक्ष्यमा बैंकले साताव्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको जानकारी दिएको छ ।

कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।

हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैकिङ सेवा उपलब्ध गराईरहेको छ ।

 

Share News