काठमाडौं । मंगलबार प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर म.न.पा वडा नं. २०, पुलचोकस्थित ललितपुर महानगरपालिकाको हाताभित्र बैंकिङ सेवा प्रदान गर्न केन्द्रिय कार्यालय मात हत रहने गरि एक्सटेन्सन काउन्टर शुरु गरेको छ ।
कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्वारा संयुक्त रुपमा कार्यक्रमबीच विधिवत उक्त काउन्टरको उद्घाटन गरिएको फाइनान्सको भनाइ छ ।
कार्यक्रममा फाईनान्स का अध्यक्ष किशोर महर्जनले उक्त वित्तीय संस्था तथा काउन्टर कार्यालयको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
उनका अनुसार काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत/निक्षेप जम्मा तथा भुक्तानी लागयत सम्बन्धि सेवा प्रदान गरिनेछ ।
हाल फाईनन्सले केन्द्रिय कार्यालय, शाखा कार्यालय तथा काउन्टर कार्यालय गरि ५ स्थानबाट आफ्नो सेवा प्रदान गरिरहेको बताएको छ ।