वाणिज्य बैंकले साढे ५ अर्बसम्म विदेशबाट ऋण लिन पाउने, सबैभन्दा बढी कृषि विकासको, हेर्नुस कुन बैंकले कति पाउँछन्

<p>काठमाडौं । वाणिज्य बैंकले विदेशी बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले सो रकम बराबर रकम मात्र पाउने भएका हुन् । ८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकले विदेशी बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले सो रकम बराबर रकम मात्र पाउने भएका हुन् ।

८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । उनकाअनुसार २८ वटै वाणिज्य बैंकले ६३ अर्ब रुपैयाँ विदेशबाट ऋणलिन पाउने छन् ।

सबैभन्दा बढी ऋण लिन कृषि विकास बैंकले पाउने भएको छ ।कृषि विकासको प्राथमिक पुँजी २२ अर्ब रुपैयाँ रहेको छ ।

१२ अर्ब रुपैयाँ प्राथमिक पुँजी भएको बैंकले ३ अर्ब रुपैयाँसम्म विदेशी बैंकबाट ऋण लिन पाउने छन् ।

७ वटा बैंकको प्राथमिक पुँजी १२ अर्ब रुपैयाँ भन्दा बढी छ । यी बैंकले न्युनत्म ३ देखि बढीमा साढे ५ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । धेरै ऋण लिन पाउनेमा स्ट्यान्डर्ड चाटर्ड बैंक, नविल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक रहेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्राथमिक पुँजी साढे ११ अर्ब रुपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १९, स्ट्याण्डर्ड चाटर्डको १८, नविल बैंकको १५, हिमालयन बैंकको १४ र नेपाल बैंकको १२ अर्ब रुपैयाँ प्राथमिक पुँजी रहेको छ ।

बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सेयर बजार, हाउजिङ, जग्गा विकास र रियलस्टेट जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् ।

केन्द्रीय बैंकले विदेशबाट लिने ऋण जलविद्युत, प्रसारणलाइन, केवलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुल निर्माण जस्ता राज्यको प्राथमिकता प्राप्त उत्पादनमुलक क्षेत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । ऋण रकम विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघुवित्त क्षेत्रमा पनि कर्जा प्रवाह गर्न पाउने छन् । अन्तर बैंक कारोबारमा सो पुँजीको प्रयोग गर्न नपाइने नीतिमा उल्लेख छ ।

विदेशी वित्तीय संस्थाबाट लिएको ऋण भुत्तानी अवधि न्युनतम १ देखि ५ वर्षसम्म हुने छ । केन्द्रीय बैंकले स्वीकृति दिएमा नविकरण गर्न पाइनेछ । यसैगरी ऋणको ब्याज तथा ऋणदाताले लिने शुल्क ६ महिनाको लिवरेज थप ३ प्रतिशतसम्म हुनेछ । ब्याज बाहेक अन्य कमशिन शुल्क बुझाउन नपाइने राष्ट्र बैंकले जनाएको छ । विदेशी बैंकबाट ऋण लिदा नेपाली बैंकले धितो र जमानत राख्न नपाईने व्यवस्था गरिएको छ ।

विदेशबाट ऋण लिनका लागि एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र स्वीकृति मागेका छन् । एनएमबीले डेढ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति मागेको छ । उसले विश्व बैंकअन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण सम्झौता गरेको छ ।

गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो ।

 

Share News