विदेशी बैंकबाट ऋण लिन वाणिज्य बैंकलाई खुला; सेयर, जग्गा र हाउजिङमा लगानी गर्न प्रतिवन्ध

<p>काठमाडौं । वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सेयर बजार, हाउजिङ, जग्गा विकास र रियलस्टेट जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था सार्वजनिक गर्दै सो ऋण अनुत्पादक क्षेत्रमा लगानी गर्न बन्देज गरेको जानकारी दिएको छ । केन्द्रीय [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सेयर बजार, हाउजिङ, जग्गा विकास र रियलस्टेट जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था सार्वजनिक गर्दै सो ऋण अनुत्पादक क्षेत्रमा लगानी गर्न बन्देज गरेको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले विदेशबाट लिने ऋण जलविद्युत, प्रसारणलाइन, केवलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुल निर्माण जस्ता राज्यको प्राथमिकता प्राप्त उत्पादनमुलक क्षेत्रमा मात्र लगानी गर्न पाउने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए ।

सो ऋण रकम विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघुवित्त क्षेत्रमा पनि कर्जा प्रवाह गर्न पाउने छन् । उनले सेयर, हाउजिङ र जग्गा उत्पादनमुलक क्षेत्र नभएको भन्दै यी क्षेत्रमा लगानी गर्न बन्देज लगाएको जानकारी दिए । अन्तर बैंक कारोबारमा सो पुँजीको प्रयोग गर्न नपाइने नीतिमा उल्लेख छ । बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने भएका छन् ।

विदेशबाट ऋण लिदा न्युनतम पुँजीकोष कायम हुनुपर्ने छ । बैंकको सञ्चालक समितिले पारित गर्नुपर्ने, ऋण दिने विदेशी संस्थालाई वन्देज लगाइएको नहुने जस्ता नीतिगत व्यवस्था गरिएको छ । विदेशी वित्तीय संस्थाबाट लिएको ऋण भुत्तानी अवधि न्युनतम १ देखि ५ वर्षसम्म हुने छ । केन्द्रीय बैंकले स्वीकृति दिएमा नविकरण गर्न पाइनेछ ।

यसैगरी ऋणको ब्याज तथा ऋणदाताले लिने शुल्क ६ महिनाको लिवरेज थप ३ प्रतिशतसम्म हुनेछ । ब्याज बाहेक अन्य कमशिन शुल्क बुझाउन नपाइने राष्ट्र बैंकले जनाएको छ । विदेशी बैंकबाट ऋण लिदा नेपाली बैंकले धितो र जमानत राख्न नपाईने व्यवस्था गरिएको छ ।

ऋण लिनुपुर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ । ऋण नेपालमा आएपछि अनिवार्य लेखाङकन गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

विदेशबाट ऋण लिनका लागि एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र स्वीकृति मागेका छन् । एनएमबीले डेढ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति मागेको छ । उसले विश्व बैंकअन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण सम्झौता गरेको छ ।

गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । यो व्यवस्थाअनुसार ७५ अर्ब रुपैयाँसम्म ल्याउन सक्ने छन् ।

Share News