भूकम्प पीडितको दोस्रो किस्ताको म्याद ३ महिना थपियो

<p>काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको दोस्रो किस्ताको म्याद असारसम्म थपेको छ । चैत अन्त्यसम्म रहेको दोस्रो किस्ताको म्याद असारसम्म थपिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेकोे प्रधिकरणका आयुक्त यामलाल भुषालले जानकारी दिए । प्रधिकरणका अनुसार भूकम्प पीडितका १ लाख १५ हजार घर निर्माण [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको दोस्रो किस्ताको म्याद असारसम्म थपेको छ । चैत अन्त्यसम्म रहेको दोस्रो किस्ताको म्याद असारसम्म थपिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेकोे प्रधिकरणका आयुक्त यामलाल भुषालले जानकारी दिए ।

प्रधिकरणका अनुसार भूकम्प पीडितका १ लाख १५ हजार घर निर्माण भैसकेका छन् भने ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् । आगामी वर्षको असारसम्म ४ लाख ४९ हजार घर निर्माण गर्ने प्रधिकरणले लक्ष्य लिएको छ ।

यसैगरी प्रधानमन्त्रीले केपी शर्मा ओलीले दिएको निर्देशन अनुसार कार्यविधि संशोधन गर्ने विषयमा पनि लफल भएको भुषालले जानकारी दिए ।

 

Share News