स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्याललाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
निर्धन उत्थान बैंकको उच्च पदबाट अवकास प्राप्त बस्यालसँग लघुवित्त बैंकिङ क्षेत्रको लामो अनुभव रहेको छ ।