
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
चुक्तापुँजी बढाउन संस्थाले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उसले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको छ ।
संस्थाले १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।