काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च मावि काभ्रे–४, बनेपालाई कम्प्युटर प्रदान गरेको छ । उग्रचण्डी नाला समाजमार्फत साे कम्प्युटर हस्तान्तरण गरिएको जनाइएकाे छ ।
कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
बैंकको काठमाडौं उपत्यकामा ११ शाखाहरु तथा ५ एक्स्टेन्सन काउन्टर रहेको छ । त्यस्तै उपत्यकाबाहिर ८२ शाखाहरु, ३ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैंकिङ सेवा गरी जम्मा १११ स्थानबाट आफ्नो कारोबार सञ्चालन गरिरहेको जनाएकाे छ ।