रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्री नभएपछि पुनः लिलामीमा

<p>काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि रिलायन्स फाइनान्स लिमिटेडले पुनः लिलामी गर्ने भएको छ  । फाइनान्सले चैत २६ गतेदेखि ५ लाख ३५ हजार ३१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख ३ गतेलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १ हजार [&hellip;]</p>

काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि रिलायन्स फाइनान्स लिमिटेडले पुनः लिलामी गर्ने भएको छ  । फाइनान्सले चैत २६ गतेदेखि ५ लाख ३५ हजार ३१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख ३ गतेलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । सो भन्दा बढी आवेदनका हद नलाग्ने सनराइजले जानकारी दिएको छ । १० लाख रुपैयाँ भन्दा बढीको सेयर किन्नेले अनिवार्य रुपमा प्यान नम्बर हुनुपर्ने छ ।

यसअघि गत चैत १ देखि ८ गतेसम्म संस्थापक सेयर बिक्री खुला गरेकोमा ७ हजार कित्ताका लागि मात्र आवेदन परेपछि पुनः बोलपत्र आब्हन गरेको सनलाईजले जानकारी दिएको छ ।

 

Share News