यातायात व्यवसायीको दादागिरी सकियो, सिन्डीकेट लगाउन खोजे ठाउँको ठाउँ कारवाही हुने

<p>काठमाडौं । यातायात व्यवसायीले अघोषित रुपमा लगाउँदै आएको सिन्डिकेट आज आइतबारबाट अन्त्य भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गर्दै सिन्डिकेट तोडेको घोषणा गरेको हो । सिन्डिकेट तोडिएको जानकारी गराउँदै विभागका निर्देशक तल्सीराम अर्यालले अब सार्वजनिक सवारी व्यवस्थापन प्रभावकारी हुने बताए । सिन्डिकेटको [&hellip;]</p>

काठमाडौं । यातायात व्यवसायीले अघोषित रुपमा लगाउँदै आएको सिन्डिकेट आज आइतबारबाट अन्त्य भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गर्दै सिन्डिकेट तोडेको घोषणा गरेको हो ।

सिन्डिकेट तोडिएको जानकारी गराउँदै विभागका निर्देशक तल्सीराम अर्यालले अब सार्वजनिक सवारी व्यवस्थापन प्रभावकारी हुने बताए । सिन्डिकेटको अन्त्य हुदाँ प्रतिस्पर्धात्मक ढंगले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने, सडक दुर्घटना न्युनिकरण, वर्कशप, संगित रोयल्टी, ड्राइभिङ स्कुलहरुको नियमन प्रभावकारी हुने विभागले जनाएको छ ।

यस नियमलाई नमान्ने जुनसुकै यातायात व्यावसायी संघलाई तुरुन्त कारवाहि गर्न विभागले निर्देशन दिएको छ । मयुर यातायात कम्पनीको बस सेवालाई यातायात व्यवसायीले रोक्ने प्रयास गरेपछि विभागले कानून बमोजिम सिण्डिकेट खारेज गरेको जानकारी गराएको हो ।विभागले १० वटा निर्देशिका तथा मापदण्डहरु बनाएर लागू गरेको छ ।

यस्ता छन् विभागले जारी गरेको निर्देशिका तथा मापदण्डहरु

१. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन २०७४

२. सवारी प्रदुषण परीक्षण निर्देशिका, २०७४

३. मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका,२०७४

४. मझौला तथा साना सवारी परिक्षाण सम्बन्धी मापदण्ड,२०७४

५. बाटो निर्धारण निर्देशिका,२०७४

६. स्कुल बस निर्देशिका, २०७४

७. बस बडी बिल्डिङ निर्देशिका, २०७४

८. कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका, २०७४

९. सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४

१०. मझौला तथा साना सवारी निरीक्षण सम्बन्धी मापदण्ड, २०७४

 

Share News