नेपाल इन्स्योरेन्सले बैंशाख ५ देखि हकप्रद सेयर निष्कासन गर्ने

<p>&nbsp; काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ५ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ ८ गते बन्द हुने कम्पनीले जनाएको छ । चैत २२ [&hellip;]</p>

 

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ५ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी बढाउन ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन जेठ ८ गते बन्द हुने कम्पनीले जनाएको छ । चैत २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने भएका छन् ।

हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी दोब्बर बढेर ६० करोड ३९ लाख ७७ हजार रुपैयाँ पुग्ने ।

Share News