नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार

<p>काठमाडौ । धितोपत्र बजारमा यस साता १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्चेन्ज लिमिटेडकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ९.८५ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीको [&hellip;]</p>

काठमाडौ । धितोपत्र बजारमा यस साता १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्चेन्ज लिमिटेडकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ९.८५ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीको ४६ लाख २ हजार ६३० कित्ता सेयर १ अर्ब ७२ करोड ५ लाख २८ हजार बराबरको सेयर कारोबार भएको थियो ।साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५१.७४ अंकले बढेर अन्तिम दिन १२२० अंकमा पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ४४ लाख १० हजार बराबरको सेयर कारोबार भएको थियो ।यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक अग्रस्थानमा छ ।  सो बैंकको २ लाख ५६ हजार कित्ता शेयर कारोबार भएको थियो ।

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी, माछापुच्छ्रे बैंक र स्ट्यान्र्डड चार्टर्ड लिमिटेडको बोनस सेयर सूचीकृत भएका छन् । रासस

Share News