पोखरा फाइनान्सको हकप्रदको बिक्री आइतबारदेखि खुला, २५ गतेसम्म बोलपत्र बुझाउन सकिने

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटडको संस्थापक र सर्वसाधारणतर्फको हकप्रद सेयर बिक्री आइतबारदेखि खुला भएको छ । फाइनान्सले बिक्री नभएको सर्वसाधारण र संस्थापक गरी १ लाख ८० हजार ७०१ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन चैत २५ गतेसम्मलाई तोकिएको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । सर्वसाधारणतर्फ [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटडको संस्थापक र सर्वसाधारणतर्फको हकप्रद सेयर बिक्री आइतबारदेखि खुला भएको छ ।

फाइनान्सले बिक्री नभएको सर्वसाधारण र संस्थापक गरी १ लाख ८० हजार ७०१ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

बोलपत्र पेश गर्ने अन्तिम दिन चैत २५ गतेसम्मलाई तोकिएको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
सर्वसाधारणतर्फ ८० हजार ३४८ र संस्थापकको १ लाख ३५३ कित्ता हकप्रद सेयर रहेको छ ।

बोलपत्र एनआईबीएलको लाजिम्पाट र लगनखेल शाखा, फाइनान्सको न्युरोड, पोखरा र नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज र बुटबल शाखामा बुझाउन सकिने एनआईबीएलले जनाएको छ ।

Share News