
काठमाडौं । यो वर्ष राज्यको प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा ६८ अर्ब रुपैयाँ मात्र लगानी भएको छ ।
यो लगानी कुल कर्जाको ३ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै कृषि क्षेत्रमा ५.३ प्रतिशत अर्थात १ खर्ब २० अर्ब लगानी भएको छ ।
उत्पादनशिल क्षेत्रमा १६.३ र निर्माण क्षेत्रमा १०.३ प्रतिशत कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ । बैंकको कर्जा लगानी उत्पादनशिल र आयआर्जनको क्षेत्रमा भन्दा कम योगदान भएका क्षेत्रमा हुदै आएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
उनले बैंकको कर्जा लगानी कृषि, उद्योगलगायत उत्पादनमुलक क्षेत्रमा भन्दा पनि उत्पादन नहुने र रोजगारी सिर्जना कम हुने क्षेत्रमा बढी भएकलो वित्तीय स्रोत विवेकपुर्ण ढंगले हुन नसकेको उनको ठम्याइ छ ।
यस्तै बैंकको शाखा विस्तार तिब्र गतिमा भएपनि अझै पनि एउटा शाखाले ९ हजार जनसंख्यालाई वित्तीय सेवा दिनुपर्ने वाध्यात्मक अवस्था रहेको उनले औल्याएका छन् । कुल ४० प्रतिशतले बैंकिङ सेवा उपयोग गरेपनि कर्जा भने ५ प्रतिशतले मात्र पाएका छन् । ७५३ स्थानीय तह मध्ये ३७९ मा मात्रै बैंकको सेवा पुगेको छ ।