राजस्वले चालु खर्च धान्न सक्दैन–अर्थमन्त्री

<p>काठमाडौं । राजस्वले मुलुकको चालु खर्च धान्न नसक्ने भएको छ । मुलुको वर्तमान आर्थिक अवस्था सम्बन्धि स्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वले मुलुकको चालु खर्च धान्न नसक्ने जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको कुल विनियोजनमा मुलुकको चालु खर्च रू ८०४ अर्ब रहेको छ । जुन चालु वर्षको प्रक्षेपित राजश्वकाकाे अनुमानमा [&hellip;]</p>

काठमाडौं । राजस्वले मुलुकको चालु खर्च धान्न नसक्ने भएको छ । मुलुको वर्तमान आर्थिक अवस्था सम्बन्धि स्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वले मुलुकको चालु खर्च धान्न नसक्ने जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको कुल विनियोजनमा मुलुकको चालु खर्च रू ८०४ अर्ब रहेको छ । जुन चालु वर्षको प्रक्षेपित राजश्वकाकाे अनुमानमा ११० प्रतिशत हो ।

‘हामीले अपानइएको सरकारी वित्त तथ्याङ्क प्रणाली अनुसार पूँजी निर्माण गर्ने कतिपय कार्यक्रमहरुको वर्गीकरण पनि चालुतर्फ हुने भएकोले नधान्ने देखिएको हो,’ उनले भने ‘तथापि साधारण खर्च भने राजस्वको झण्डै ६० प्रतिशत हुने गरेको छ ।’ जुन नेपाल जस्तो सार्वजनिक लगानीमार्फत द्रुत पूँजी निर्माण गर्नुपर्ने मुलुकका लागि निकै उच्च रहेको उनको भनाइ छ ।

Share News